
पूर्णपुष्टि, असोज २०
रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दोरम्बाको सानो शैलुङ्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक एक यात्रुको मृत्यु भएको हो ।
ट्याक्टर चालक दोरम्बा गाउँपालिका–७ निबासी २७ वर्षीय पेमा लामा र ५५ वर्षीय फुर्वा दोर्जे तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि हिडेको ना ७ त ८७३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

