Friday, May 22News That Matters

विश्वमा १० जनामध्ये १ जना कोरोना संक्रमित

पूर्णपुष्टि, असोज २० 

विश्वमा १० जनामध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्यूएचओको विशेष बैठकले विश्वमा १० जनामध्ये एक जनामा कोरोना सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

विश्वमा १० प्रतिशतमा कोरोना संक्रमण भएको डब्ल्यूएचओले अनुमान गरेको छ । अहिले विश्वभर तीन करोड ५४ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ ।

विश्वका विभिन्न देशमा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन तथा निषेधाज्ञा खुकुलो भएसँगै दोस्रो लहरको सङ्क्रमण सुरु भएको छ ।