Sunday, August 9News That Matters

बीपी प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पुर्णपुष्टि,असोज २० 

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा आज थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पुरुषमा डायबिटिज र टिबी रोगबाटसमेत पीडित रहेको प्रतिष्ठानले जनाएको छ ।

ती पुरुषमा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।