Sunday, June 28News That Matters

जिसस उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी

पूर्णपुष्टि, असोज २० 

जिल्ला समन्वय समिति उदयपुरका प्रमुखलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
बेलाका नगरापालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई दिन अगाडी स्वाब दिएका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

मेयरमा कोराना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका २१ जना पुरुष र ८ जना महिला गरी २९ जनाको अस्ति स्वाब संकलन गरी परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको थियो । सवै संकलित स्वाबको रिर्पोट आईनसकेको कार्यालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टी भएसँगै उनलाई उदयपुर कोभिड–१९ अस्पताल बेल्टार पठाउने तयारी भईरहेको जनाईएको छ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ ।