
पूर्णपुष्टि, असोज २०
आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ ।
सुनको भाउ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

