Saturday, May 16News That Matters

अर्गानिक गायक रुपकुमारकाे ‘म बाँच्नुकाे के अर्थ, तिमी नहुँदा…’ काे भिडियाे रिलिज

पूर्णपुष्टि, पुस २४ ।

गायक तथा माेडलहरु

गायक रुपकुमार राईकाे संगीत र स्वरमा सजिएकाे नयाँ गीत ‘म बाँच्नुकाे के अर्थ तिमी नहुदा’ गीतकाे भिडियाे रिलिज भएकाे छ । https://m.youtube.com/watch?v=iUjTIXfswe8
किराँत राई यायाेक्खा ईजरायलकी अध्यक्ष एवम् समाजसेवी ठूलीचन्द्रकला राईकाे रचनाकाे गीतकाे भिडियाे बने लगत्तै हिजाे गायक राईकै अफिसियल यूट्युव च्यानलबाट भिडियाे रिलिज भएकाे हाे ।
भिडियाेमा नायक तथा माेडल दिक्पाल कार्की र नायिका तथा माेडल सेसुका राईले अभिनय गरेका छन् । जिबन्त अभिनयले गीत र भिडियाेलाई थप जिवन्तता दिएकाे छ ।

गायक रुपकुमार

गायक राईकाे एकल स्वरमा रहेकाे गीतले श्रीमान-श्रीमतीबीचकाे मधुर सम्बन्धमा असमझदारीका कारण फाटाे हुने र त्यसले रमाईलाे जिन्दगिमा निरासा छाउने मर्मस्पर्शि भाव झल्काएकाे छ । भिडियाेमा टिकटकबाट जाेडिएकाे दम्पति जस्ताे पवित्र सम्बन्ध टिकटक कै कारण असमझदारी पैदा भई फाटाे भएकाे देखिन्छ । एकअर्कामा शंका-उपशंका अनावश्यकरुपमा गर्दा असमझदारी बढ्दै जाने तर, त्यस किसिमकाे असमझदारिलाई बढ्न दिन नहुने सन्देश दिन खाेजिएकाे छ ।
भिडियाे रिलिजकाे अबसरमा फेसबुक लाईभ गर्दै दर्शकहरुलाई भिडियाे हेरिदिन र सल्लाह सुझाव दिन अनुराेध गरिएकाे छ ।
छसय बढि गीतहरु गाईसकेका गायक राई लेकबेसी, मायाप्रिति र नेपाली लाेककला, संस्कृतिकाे भाका उजागर गर्ने नेपाली अर्गानिक गायक हुन् । उनका गीतहरुमा नेपाली माैलिक गीतसंगितकमे मिठास पाईन्छ । यस गीतमा पनि पाउन सकिन्छ ।