Tuesday, June 9News That Matters

मान्दैन मान्छे (गजल)

गोठकृष्ण ठकुरी,मोतिगडा, उदयपुर 

भ्रष्टचार नगर भन्यो मान्दैन मान्छे
बलत्कार नगर भन्यो मान्दैन मान्छे

व्यापार नै गर्नु छ भने अरु नै गर
यो प्यार नगर भन्यो मान्दैन मान्छे

हामफालेपछि तर्न जानिन्छ जाउ
विचार नगर भन्यो मान्दैन मान्छे

मर्नु पर्छ त एकदिन के ग¥या यो
अत्यचार नगर भन्यो मान्दैन मान्छे

अहंकारले बाच्ने भए रावण मर्थेन
अहंकार नगर भन्यो मान्दैन मान्छे