Monday, May 11News That Matters

अर्घाखाँचीमा थप ३० जना कोरोना मुक्त

पूर्णपुष्टि, असार ८

अर्घाखाँचीका थप ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । सन्धिखर्क नगरपालिका–१ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कोरोना मुक्त भएका हुन् ।

सन्धिखर्क नगरपालिका–६ नरपानीका १३, ७ न. वडा खाँचीकोटका १५, पाणिनि गाउँपालिका–७ का  १ जना र शीतगङ्गा नगरपालिका–१० का १ जना गरी ३० जना उपचारपछि निको भएको अर्घाखाँची अस्पतालले जनाएको छ ।

उनीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो । अहिले निको भएपछि उनीहरुलाई सेल्फ क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको हो ।

२ जना महिला र २८ जना पुरुष डिस्चार्ज भएको जनाईएको छ । उनीहरु सबै भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।