Wednesday, June 10News That Matters

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ८

कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका ४, दैलेखका ३ र हुम्लाका १ जनामा संक्रमण देखिएको जनाइएको छ ।

त्यस्तै, आज उपचारपछि निको भएर २० जना डिस्चार्ज भएका छन् । चौरजहारी अस्पताल रुकमपश्चिममा उपचार गराइरहेका ९ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ६ जना, मेहेलकुना अस्पताल सुर्खेतबाट ५ जनालाई डिस्चार्ज गरिएको महाशाखाले जनाएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ सय ५१ पुगेको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।