Tuesday, June 9News That Matters

वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ८

दाङको घोराहीमा एक जना वडाध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको एक वडाको वडाध्यक्षमा सोमबार संक्रमण पुष्टि भएको हो ।

गत जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि संक्रमण देखिएको जनाएको छ । यसैगरी २ न. वडाको २ जना, ३ न. वडाका २ जना, ५ न. वडाका १ जना र ६ न.वडाका ७ जनामा पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । संक्रमितमध्ये ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेको जनाएको छ ।