Tuesday, June 9News That Matters

एक फगत जिन्दगी

उदयपुरे ब्रो सुमन

उकाली ओराली

आरोह अवरोह

कहिले रोदन

कहिले अनगिन्ती खुसिहरु

यो तेरो यो मेरो

लोभ लालच

तँछाडमछाड

यो सब आखिर

बाँचुन्जेली

तक्दिरमा जो लेखिएको छ

बस्नु पर्छ झेली

तिमी आफ्नो भन्दै

घमण्ड गर्छौ नि ?

तिमी आफैमा छ

समयको पाउबन्दी

के नै छ र मरेपछि

बस एक फगत जिन्दगी

म धनी तं गरिब

तँ सानो जात

म ठूलो जात

सन्सार छोड्दा तिम्रो

अनि सबैको एउटै

जात हुन्छ

लास

हो यहि जातले

पुकारिने छौ तिमी

दुनियाँ चलाउने

अर्कै छ यहाँ

जहाँ हामी छौ

बन्दकी

के नै घमन्ड

गर्छौ र खै

बस एक फगत जिन्दगी

आएका हौ खाली हात

जाने पनि खाली नै हो

यस्तो भन्दै मा

संघर्ष गर्न पनि छोड्नु पनि

भन्दिन म

आकाश छुन खोज्ने

तिम्रो मस्तिष्कले

धरातल बिर्सनु भएन

कोही आफू भन्दा अघि बढे

उस्लाइ जित्ने प्रयत्न

गर्नै पर्छ

तर बन्द गर खुट्टा तान्न

बन्द गर ढुङा हान्न

सैतानी दिमाग किन

घुमाउछौ

न तिम्रो बसमा छ समय

न कसैको

सोचे जस्तो चल्दैन

जिन्दगी

न रोजे जस्तो चल्छ

जिन्दगी

सँसार बदल्नु छ

सुरुवात आफै बाट गर

कसैको खुसीमा

आँखा नतर

कहिले दुःख

कहिले सुख

बस एक फगत जिन्दगी ।