
पूर्णपुष्टि, जेठ २६ गते ।
अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँबाट घर फर्केर पालिकाको क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा १ पुरुष र पाणिनी गाउँपालिका–८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ ।
