Friday, May 22News That Matters

पर्यटकलाई श्रीलङ्का प्रवेशमा ३ पटक कोरोना परिक्षण गर्नु पर्ने

पूर्णपुष्टि, जेठ २६ गते । 

श्रीलङ्काले कडा मापदण्ड बनाएर कोरोना भाइरसको परीक्षणपछि मात्रै विदेशी पाहुना श्रीलङ्कामा स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउनेछन् । श्रीलङ्काको पर्यटन मन्त्रालयले अगष्ट एकदेखि विदेशी पाहुनाका लागि भ्रमण खुला गरिने जनाएको छ ।

श्रीलङ्काका लागि बोर्डिङ गरेको ७२ घण्टाअघि कोरोनामुक्त रहेको स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक हुने मन्त्रालयले जनाएको छ । उक्त कागजातपछि पनि विदेशी पाहुनाले श्रीलङ्काली विमानस्थलमा पुग्नेबित्तिकै कोरोना परीक्षण गराउनुपर्नेछ ।

वर्षको सुरुवातदेखि नै कोरोना भाइरसको संक्रमणले ठप्प नै हुन पुगेको छ । दोस्रो परीक्षण पाँच दिनपछि र दश दिनभन्दा बढी बसाइ अवधि भए तेस्रो परीक्षण गराउनुपर्ने निर्देशिका तयार गरिएको छ ।

पछिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २ सय ७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पुगेको थियो ।