Thursday, May 7News That Matters

अर्थमन्त्री आङबोद्वारा भुपु सैनिक भवन उद्घाटन्

उदयपुर, असोज ७ गते ।
१ नं. प्रदेशको अर्थमन्त्रि ईन्द्रबहादुर आङ्वोले उदयपुरको बेल्टारमा संयुक्त भु.पु. सैनिक भवन मङ्गलबार उद्घघाटन गरेका छन् । करिब ३८ लाख ३३ हजारको लागतमा बेल्टारको हाङबजार राईसरटोलमा निर्मत भवनको मन्त्रि आङ्बोले उद्घाटन गरेका हुन् ।
भु.पु. सैनिकहरुको संयुक्त पहलमा संकलित चन्दा सहयोग तथा विभिन्न निकायको सहयोगमा निर्मित भवनले भु.पु. सैनिकहरुलाई सामाजिक कार्यका लागि मनोबल उच्च पारेको छ । भारतीय भु.पु.हरुबाट १३ लाख ३३ हजार, ब्रिटिस सिङ्गपुर भु.पु.हरुबाट २ लाख ४० हजार हजार रुपैया, भु.पु. परिषद् उदयपुरका सल्लाहकार उर्मिला राई र उहाँका श्रिमान भारतीय सेना जेसी ६३५६६८ए नायव सुवेदार मोहन राईबाट ३ लाख रुपैया बराबरको जग्गादान, भु.पु. सद्भाव कोषबाट ३ लाख ५० हजार, १ नं. प्रदेश अर्थ मन्त्रालयबाट १५ लाख रुपैया, चौदण्डिगढी नगरपालिकाबाट ३ लाख भवनका लागि सहयोग जुटेको हो । त्यस्तै भु.पु. खानेपानी संस्थाबाट १ लाख, नेपाल भु.पु. हरि कटुवालबाट ५ हजार र समाजसेवी गोबिन्द श्रेष्ठबाट ५ हजार ५५ रुपैया सहयोग रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि आङ्बोले सरकारि मापदण्ड र मुल्याङ्कनमा झण्डै एक करोडको भवन त्यतिको थोरै लगानिमा निर्माण गर्न सफल भएकोमा प्रशंसा गरे । उपभोक्ता समितिमा बढ्दो बेथितिलाई रोक्न भुपु सैनिकहरुको यो काम उदाहरणिय भएको उहाले बताउनुभयो । अबका कामहरु बढिजसो ठेकेदारी प्रथामा लैजानुपर्ने भन्दै उहाँले ठेकेदारलाई पनि कडाई गर्नुपर्ने बताउनुभयो ।
उदयपुरको चौदण्डिगढी नगरपालिका क्षेत्रका भुतपुर्व शैनिकहरुको संगठन पूर्वाञ्चल संयुक्त भु.पु. सैनिक कल्याण परिषद नेपाल, चौदण्डिगढी नगरपालिकाको आयोजनामा उद्घाटन कार्यक्रम भएको हो ।
भवन निर्माणमा महत्वपूर्ण योगदान गर्नुहुने स्थानीय भुपु सैनिकहरु देवान थापा मगर, मानबहादुर राई, उर्मिला राई, कृष्ण भवन नीर्माणमा योगदान चामलिङलाई कदरपत्र र खादाले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सांसद बिमल कार्की, अम्बिका थापा, मेयर खगेन्द्र राई, उपमेयर रिता चौधरी, नेकपा जिल्ला अध्यक्ष बिनोद कटुवाल, नेकपा जिल्ला नेता राजन किराँती (बासु), भु.पु. परिषद्का विभिन्न स्तरका पदाधिकारीहरुको उपस्थिति थियो भने नागरिक समाज, संघसंस्था, पत्रकार, समाजसेवी लगायत सर्बसाधारणहरुको सहभागिता थियो ।
कार्यक्रमकका फोटोहरु-