Thursday, May 7News That Matters

जेसिबीले किचेर १ जनाको मृत्यु

सोलुखुम्बु, असोज ७ गते ।

सोलुखुम्बुको दुधकुण्डमा जेसिवीले किचेर एक जनाको मृत्यु भएको छ । दुधकुण्ड नगरपालिका–९ धारापानी निबासी ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो ।

गोराखानीमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा जेसिबीको पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर विहान बिहान ११ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जनाकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी जेसिवी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।