Saturday, April 18News That Matters

अवैध औषधी बरामद

झापा, भदौ १२ गते ।

झापाको मेचीनगरबाट अवैध रुपमा नेपाल ल्याउदै गरको औषधी बरामद गरिएको छ । मेचीनगर नगरपालिका–६ मा भारतबाट नेपाल ल्याउदै गरको करिब २ लाख बराबरको औषध प्रहरीले बरामद गरेको हो ।

गतराती सवा ९ बजे दुई कार्टुन औषधी प्रहरीले बरामद गरको थियो । गस्ति प्रहरी टोलीलाई देखेपछि औषधी ल्याउदै गरेको मानिस औषधी छाडेर भागेको प्रहरीले जनाएको छ ।

औषधी छाडेर फरार रहेको मानिसको खोजतलास र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।