Saturday, April 18News That Matters

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

भदौ १२ गते ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् ।

नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ ।

प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन केसी, आसिफ शेख, बिनोद भण्डारी, सन्दिप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, आरिफ शेख, सुशन भारि, अनित शाह, अविनाश बोहरा, सन्दिप लामिछाने, ललित राजबंशी, नन्दन यादब, रोहित पौडेल, भिम शार्की, कुशल भुर्तेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहव आलम प्रारम्भिक टोलीमा परेका हुन् ।