
पूर्णपुष्टि, भदौ ११
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ र ९ नम्बर वडाको बीचमा पर्ने थानपोखरी सामुदायिक वन क्षेत्र भित्र अवैध रुपमा रुख ढालेको भन्दै उपभोत्ताहरु असन्तुष्टि भएका छन् । गत पुस महिनामा अवैध रुपमा रुख ढालिएको प्रति कुनै सम्वन्धित निकायले प्रभावकारी छानविन गर्न नसकेको रचासो नदिईएको प्रति उपभोक्ताहरु आक्रोसित भएका हुन् ।
वन क्षेत्रमा ढालिएको रुखहरुको प्रभावकारी छानविन नभएको भन्दै आक्रोसित उपभोक्ताहरुले विभिन्न निकायमा उजुरी समेत दिएको उपभोक्ताहरुले बताएका छन् । वनमा दिनडाहडै रुख ढालिने उपभोक्ताको आरोप छ । समितिमा वन क्षेत्रमा रुख ढालेको निवेदन चढाउँदा उल्टै अध्यक्षले हप्काउने गरेको आरोप लगाएका छन् ।
समितिका अन्य पदाधिकारीहरुलाई थाहा नदिई अध्यक्ष हरिबहादु राउत र सचिव तुलसीराम खत्रीले मिलेर मनोमानी गरेको उपभोक्ता रमेश कार्कीले आरोप लगाएको छ । वनको (ट्रिपुलिङ) गर्ने क्रममा अनावश्यक रुपमा ६० ट्याक्टर भन्दा बढी दाउँरा लाथ्रा निकालेको र सार्वजनिक नगरेको उनले बताए ।
विना छप्पनको ३ वटा सखुवा र १/१ थान साँच र जामुन अवैध ढंगले अध्यक्षको आदेशमा ढालिएको अर्का उपभोक्ता भिमराज खत्रीको आरोप छ । अवैध ढंगले अनाधिकृतरुपमा ढालिएको रुखका टुनाहरुको सर्जिमिन मुचुल्का भईसकेपनि अभैmसम्म टुनाहरु वनमै रहेको खत्रीले बताए ।
यसको विषयमा जिल्ला वन कार्यालय गाईघाट, सव डिभिजन कार्यालय सुन्दरपुर र अख्तियार कार्यालयमा समेत छानविन गरी कानुनी कारबाहीको लागि निवेदन दिएको उपभोक्ता शिव कार्कीले बताए । निवेदन उपर कुनै कार्यालयबाट अहिलेसम्म सुनुुवाई नभएको उनले बताए ।
वन डिभिजन कार्यालय गाइघाटका सहायक वन अधिकृत जागेश्वर साहले समुहकाे तर्फबाट कारवाही प्रकृया गरिसकेकाे जानकारी अाएकाे र त्यहाँकाे विषयमा वन कार्यालयकाे तर्फबाट थप अनुसन्धान भइरहेकाे जानकारी दिनु भयाे ।

