Friday, May 22News That Matters

नेपालमा २० हजार भन्दा बढी कोरोना सङ्क्रमण मुक्त

पूर्णपुष्टि, भदौ ११

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६९ जना उपचारपछि निको भएसँगै निको भएर घर फर्कनेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

१ नम्बर प्रदेशमा एक हजार चार सय ९१ जना, २ नम्बर प्रदेशमा चार हजार चार सय ५८ जना र वाग्मती प्रदेशमा नौ सय ४६ जना निको भएका छन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार ६ सय ७० जना, प्रदेश नम्बर ५ मा चार हजार सात सय दुई जना, कर्णाली प्रदेशमा दुई हजार २५ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार सात सय ८१ जना डिस्चार्ज भएका हुन् ।

नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३५ हजार पाँच सय २९ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।