Friday, May 22News That Matters

१५ दिने निषेधाज्ञा हट्यो

पूर्णपुष्टि, भदौ ११ 

उदपयुरमा कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि तीन नगरपालिकामा १५ दिनदेखि जारी निषेधाज्ञा हटाउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले सिमामा कडाई गर्दै आगामी शनिबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

कोरोना संक्रमणको भयाभह अवश्था रहेका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा वाह्यि आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका वाहेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।

बेलकाको कोठु र आम्बासी, चौदण्डिगढीको सिवाइ, त्रियुगाको लालपत्ता र कटारी नगरपालिकाको बेलसोत क्षेत्र प्रत्यक्षरुपमा तराईका जिल्लासँग जोडिएकाले यी क्षेत्रबाट आउने सवारी तथा सर्वसाधरणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको जनाईएको छ ।

कोरोना संक्रमण सुरुदेखिको अवश्थालाई समिक्षा गर्दै जोखिम रहेपनि परिस्थिति केहि सहज बन्दै गएकाले सर्वसाधरणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको जनाईएको छ ।

मालपोत कार्यालयका सात जना कर्मचारी र बेलका नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाईरसको संक्रमण देखिएसँगै स्थानीय प्रशासनले पहिलोपटक साउन २८ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । संक्रमण बढ्दै गएपछि दोश्रोपटक भदौ ७ देखि १२ गतेसम्म पाँच दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सम्र्पकमा रहेका व्यक्तिलाई १४ दिनसम्म राख्दासमेत कुनै लक्षण देखानपरेको र पिसिआर रिर्पोटसमेत नेगेटिभ आएपछि केहि खकुलो बनाएको प्रजिअ पाण्डेले बताए ।

निषेधाज्ञा हटेपनि सरकारले प्रतिवन्ध गरेको होटल, रेष्टँुरा, सैलुन, व्युटीपार्लर, जिमहाउस, पार्टीप्यालेस, मठमन्दिर र अन्य भेला हुने कार्यक्रम भने पुर्ववत अवश्थामै रोक लगाउने निर्णय भएको उनले बताए ।

यसकासाथै खाद्यान्न र अतिआवश्यक सवारीसाधन वाहेकका सवारीलाई जिल्ला वाहिर आउँजाउँमा रोक लगाउने, उपभोग्य सामग्री लिएका आएका सवारीलाई लालपत्तामा सेनिटाईजर गर्ने, चालक र सहचालकलाई भुईमा झर्न नदिई अनलोड गर्ने, नाकामा ज्वरो नाप्ने यन्त्र राख्ने लगायतको निर्णय भएको प्रजिअ पाण्डेले बताए ।

जिल्लामा १ सय ११ जनामा कोरोना पुष्टि भइसकेको छ । त्यसमध्ये २२ जना उपचारमा छन् भने बाँकी सबै जना उपचार पछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए ।