Friday, May 22News That Matters

नेपालमा आज थप ११११ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, भदौ ११

नेपालमा आज थप एक जार एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार पाँच सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको सख्या एक सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।