Monday, June 29News That Matters

उदयपुरबाट भारत लैजादै गरेकाे ठूलो मात्राकाे गाँजा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गर्न सफल

पूर्णपुष्टि , भदौ ११ गते ।

उदयपुरबाट भारततर्फ लैजादै गरेकाे ठूलाे मात्राकाे गाँजा र त्यसमा संलग्न दुइजनालाइ प्रहरीले पक्राउ गरेकाे छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त विशेषटेालीले पक्राउ गरेकाे हेा ।

जिल्लाकाे ताप्ली गाउँपालिका क्षेत्रबाट संकलन गरी उदयपुरगढी हुदै भारततर्फ लैजादै गरेको ठूलो मात्राको गाँजा र दुईजनालाई आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार पक्राउ पर्नेहरुमा ताप्ली गाउँपालिका १ ओख्लेका २९ वर्षिय जयराम भन्ने पुष्पबहादुर मगर र सोही गाउँपालिका वडा नं. ३ इनामेका ४३ वर्षिय रामबहादुर तामाङ रहेका छन् । उनीहरुले ताप्लीको विभिन्न ठाउँबाट संकलन गरी उदयपुरगढी गाउँपालिका ७ ठुलो तिल्केनीका सन्तबहादुर तामाङको बाख्रा खोरमा लुकाई राखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ । खोरबाट चारवटा बोरामा अन्दाजी ८४ केजी गाँजा र १ थान खुकुरी बरामद भएको जनाइएको छ ।

गाँजा ओसार पसार तथा कोरोवारबारे विशेष सुराकी प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेषटोली खटिएको थियो । तीनदिनको खटाईमा ठूलो मात्रामा गाँजा र त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएको एसपी दाहालले बताउनुभयो । वहाँले पक्राउ परेकाहरुलाई लागु औषध मुद्दामा कारवाही प्रकृया अगाडी बढाएको पनि जानकारी दिनुभयो । यसबारे आवश्यक अनुसन्धान तथा अन्य संलग्न ब्यक्तिहरुकोसमेत खोजी कार्य भईरहेको वहाँले बताउनुभयो ।

ओसार पसारमा विभिन्न ब्यक्तिहरु संलगन भएको र त्यसको खोजी तथा छानविन भईरहेको बताइएको छ । अझै पनि त्यस क्षेत्रमा प्रहरीको संयुक्तटोली खटिई खोजतलासी गरिरहेको सशस्त्र प्रहरी बल ५ नं. गण हे.क्वा, त्रियुगाका प्रमुख एसपी सुधिर सुवेदीले बताउनुभयो ।

गाउँबाट घरघरमा गाँजा संकलन गरी ल्याउने र सिरहाको ब्यापारीलाई विक्री गर्ने र त्यहाँबाट भारततर्फ लैजाने गरेको प्रहरीले जनाएको छ । ओसार पसार तथा ब्यापारमा संलग्नमा ठूलै कारोवारीसमेत हात पार्ने कोशिसका साथ प्रहरी लागी परेको जनाएको छ ।

पक्राउ परेका मध्ये तामाङले यस कार्यमा दोस्रो पटक संलग्न भएको बताएको र मगरले पहिलोपटक संलग्न भएको बताएको प्रहरीले जनाएको छ । कानुनद्वारा प्रतिवन्धित गाँजा कारोवारमा संलग्नलाई कडा कारवाही हुनेगर्छ ।

यसप्रकारको गाँजा विक्री, खरिद तथा ओसार पसारमा संलग्न भएको भन्ने अदालतबाट ठहरिएमा दशवर्षसम्म कैद र एकलाख रुपैयासम्म जरिवाना हुने कानुनी सजाय छ । कानुनले “दश किलो ग्रामदेखि माथि जतिसुकै भएपनि दुईवर्षदेखि दशवर्षसम्म कैद र पन्ध्रहजार रुपैयादेखि एक लाख रुपैयासम्म जरिवाना” हुने उल्लेख गरेकोछ ।

तस्विरहरू :