Friday, May 22News That Matters

कोरोना सङ्क्रमणबाट थप १ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ११

बाँकेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी ७० वर्षीया नेपालगञ्ज उपमहानगरपालिका–७ की वृद्धको विहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि गत भदौ ३ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा ती महिलालाई भर्ना गराइएको थियो ।

कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते सङ्क्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँदै गएपछि भदौ ६ गते राति शिक्षण अस्पताल नेपालगञ्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचारको क्रममा मृत्यु भएको जनाईएको छ ।