Thursday, May 7News That Matters

अवैध लागुऔषध सहित १ जना पक्राउ

पूर्णपुष्टि, जेठ १०

सुनसरीको गढी गाउँपालिका–४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय २७ बर्षीय रोशन मेहेता रहेका छन् ।

हिजो दिउँसो साढे २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको Dialex-Dc 100 ml. को २० बोतल,  Nitrosun-१०० ट्यावलेट, Nitravet७०० ट्यावलेट बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका मेहताको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।