Friday, May 15News That Matters

अष्ट्रेलियाको डढेलोमा ५० करोड जनावार जले

पुस २१ गते ।

अष्ट्रेलियामा लागेको डढेलोमा ५० करोड भन्दा बढी जंगली जनावर जलेर मरेको युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले जनाएको छ । अहिलेसम्मकै बढी तापक्रमका कारण बढेको डढेलोबाट उक्त संख्यामा जनावरहरु जलेर मरेको छ भने २५ जना भन्दा बढी मानिसको मृत्यु भएको हो ।

केहि दिनदेखि नरिन्तर बढेको डढेलोबाट १५ सयभन्दा बढी घर जलेका छन् भने करोडौं जमिन आगोले ध्वस्त भएको विभिन्न संचारमाध्यमहरुले जनाएको छ ।

सम्पूर्ण राज्यशक्ति लाग्दा पनि आगो नियन्त्रण हुन सकेको छैन । अहिले अष्ट्रेलिया सरकारले सर्वसाधारणलाई समुद्री किनारमा गएर बस्न आग्रह गरेको छ । मानव बस्ती र खेतीयोग्य जमिनलाई चारैतिरबाट आगोले घेरेको छ । सैनिकको जहाज र विमानबाट सामान ओसारिएको संचारमाध्यमहरुले जनाएको छ ।