Saturday, June 6News That Matters

नयाँ नेतृत्व बनाउदै किराक संघको राष्ट्रिय सम्मेलन सम्पन्न

पूर्णपुष्टि, पुस २१ ।

रामकर राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन हुदै किरात राई राई सांस्कृतिक कलाकार संघको पाचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा शालिक शातासक, रोशन राई र शुशिला राई चयन भएका छन् । महा–सचिवमा राई नबिन चयन भएका छन् । सकेचिवमा सुरज राई, पदम राई र पुर्ण छिरिङ राई चयन भएका छन् भने कोषाध्यक्षमा मुकेश राई चयन भएका छन् । यसैगरि सह–कोषाध्यक्षमा महेन्द्र राई र रोशन बान्तवा राई चयन भएका छन् । सदस्यहरुमा कला राई, भद्र राई, डम्बर बहादुर राई, निश्चल राई, शुखकला राई, स्नेहा राई, चन्द्र राई, धनिराम राई र प्रेम कला राई रहेका छन् ।

पुष १९ देखि उदयपुरको गाईघाटमा भएको सम्मेलनले आगामी दिनमा कालाकारिता र सांस्कृतिक पाटोमा उत्कृष्ठ कामहरु गर्दै जाने र सिर्जनशि ढंगले समुदाय र पहिचानको निम्ति पनि काम गर्ने जनाएको छ ।