Monday, June 22News That Matters

असार ७ गते सम्मलाई थपियो निषेधाज्ञा, खाद्यन्न लगायतका अत्यावश्यक बजार ७ देखि १२ बजे सम्म

पूर्णपुष्टि, जेष्ठ २८

जिल्ला प्रशासन कर्यालय उदयपुरले निषेधाज्ञाको अबधि असार ७ गते सम्म लम्याएको छ । कोरोना भाईरस रोकथाम अझै न्युन भैनसकेको भन्दै असार ७ गते सम्मलाई निषेधाज्ञा थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै बैशाख २८ गते रातको १२ बजे बाट असार ७ गते रातको १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञाको अबधि बढाइएकोे सूचनामा उल्लेख गरिएको छ ।

यस पटकको निषेधाज्ञामा खाद्यन्न लगायतको अत्यावश्यक बस्तुका लागि समय थप गरिएको छ । बिहान ७ देखि ९ बजे सम्म मात्र संञ्चालन गर्न पाईने खाद्यन्न, फलफुल, तरकारी, माछामासु निर्माणका अत्यावश्यक बस्तुलाई भने यो पटक समय थप गरी ७ बजे देखि १२ बजे सम्म खोल्न पाईने सूचनामा प्रकाशित गरिएको छ ।

निषेधाज्ञामा अत्यावश्यक भन्दा अन्य कुनै पनि व्यक्ति, संस्था, पसल, सवारी साधनहरुलाई ठप्प पार्ने निर्णय भएको छ ।

खाद्यन्न, फलफुल, तरकारी, माछामासु, अण्डा, औषधी भेटनरी बाहेक अन्य पसलहरु भने हाललाई बन्द गरिएको छ ।

बैँक बित्तिय संस्थाहरु नेपाल राष्ट्र बैँकले निर्देशन गरेको समयवधि भरी मात्र सञ्चालन गर्न पाईने छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक काम औषधी, हस्पिटल, बिरामी कुरुवा मृत्यु संस्कार र आपत कालिन अवस्थामा तोकिएको स्थानमा मात्र आवत जावत गर्न पाईने छ ।

निषेधाज्ञा उलंघन गर्ने कुनै पनि व्यक्ति, संस्था वा सवारी साधनलाई कोभिड १९ संकट व्यवस्थापन २०७८ बमोजिम माथिको कार्वाही गरिने समेत निर्णय भएको छ ।

व्यक्तिलाई १ लाख संस्थालाई ५ लाख दुई पांग्रे सवारीलाई २ हजार र सो भन्दा माथीका सवारीहरुलाई ५ हजार जरिवाना र कार्वाही समेत गरिने कुरा सुचनामै उल्लेख गरिएको छ ।

अन्य ठाउँ बाट जिल्ला प्रवेश गर्नेहरुको हकमा स्थानीय तहले तोकेको क्वारेन्टाईन र होम आईसोलेसन बस्नु पर्ने छ ।