Saturday, August 8News That Matters

अबको एक हप्ताभरि नै पानी पर्ने सम्भावना

पूर्णपुष्टि, जेष्ठ २८

जल तथा मौसम विज्ञान विभागका अनुसार अवको एक हप्ताभरि नै देशभर पानी पर्ने सम्भावना रहेकोे छ । मौमसविद्ले यो हप्ताभरि देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । आज सूचना निकालेर विभागले मनसुन पूर्वी नेपालबाट भित्रिने र आउँदो हप्ताभरि देशका धेरैजसो ठाउँहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको हो ।
हप्ताको मध्य तथा अन्त्यतिर प्रदेश–१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित ठूलो वर्षाको सम्भावना छ । केही उच्च पहाडी र हिमाली ठाउँमा हिमपात पनि हुने विभागले जनाएको छ ।