Sunday, June 21News That Matters

पोखरीमा डुबेर ५ बालिकाको ज्यान गयो

पूर्णपुष्टि, जेष्ठ २८

एउटै पोखरीमा डुबेर पाँचजना बालिकाको ज्यान गएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ मा एउटै पोखरीमा डुबेर पाँच बालिकाको ज्यान गएको हो । दिउँसो साढे १२ बजे पौडी खेल्न गएका १० देखि १३ वर्ष उमेर समूहका उनीहरुमध्ये पाँच जनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिनुभयो । पौडी खेल्न आठ जना बालिकाहरु गएका थिए । जसमध्ये पाँचजनाको ज्यान गएको हो ।
स्थानीय पल्टु यादवकी १२ वर्षकी छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षकी छोरी चन्द्रकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षकी छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षकी  छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षकी छोरी ललिता साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अहिले अरु बालबालिकाहरु पनि डुबेका छन् कि भनेर खोजी भइरहेको एसपी रानाभाटले बताउनुभयो ।