Sunday, June 21News That Matters

जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा, २ को मृत्यु, २ घाईते

पूर्णपुष्टि, जेष्ठ २८

सोलुखुम्बुमा आज बिहान पौने ९ बजे जेसीबी बोकेको ट्रकमा करेन्ट लाग्दा ट्रकमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका–५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ वर्षीय  राम परीयारको ज्यान गएको हो । ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका–८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० वर्षीया लिला परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलु दुधकुण्ड नगरपालिका–८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादैँ गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथी टागिएको बिद्युतको मेन तारमा जेसीबीले छुईनगई करेन्ट लाग्दा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।