Thursday, April 23News That Matters

अस्ट्रेलियामा नेपाली विषयको पाठ्यक्रम

कात्तिक २८ गते । 

अस्ट्रेलियाको दुई राज्यले सरकारी पाठ्यक्रममा नेपाली विषय समावेश गरेको छ । न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु गरिएको हो ।

अस्ट्रेलियाले आफ्नो सरकारी पाठ्यक्रममा विद्यार्थी तथा विद्यालयको रुचि अनुसार अन्य देशका भाषाहरु समेट्ने गरेको छ । नेपालीको धेरै बसोबास रहेको न्यु साउथ वेल्स राज्यको सिड्नीका कोग्राह पब्लिक स्कुल र रकडेल पब्लिक स्कुल र दक्षिण अस्ट्रेलियाको उत्तरी क्षेत्रका प्लेफोर्ड इन्टरनेसनल कलेज, प्यारालोबी माध्यमिक विद्यालय र सालिस्बरी इस्ट माध्यमिक विद्यालयमा नेपाली भाषाबाट अध्यापन गराइएको छ ।

नेपाली भाषाका लागि सरकारी तवरबाटै स्थायी शिक्षक नियुक्त गरिएको छ । जुन नेपाली भाषा र संस्कृति विषय अन्तर्गत विद्यार्थीलाई नेपाली चाडपर्व तथा कलाको अध्यापन गराइएको छ ।