
पूर्णपुष्टि, पुष १५
नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकिछिन् । उनको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको हो । छोरी गंगा दाहालले आमाको तस्विर सामाजिक सञ्जालमा सेयर गर्दै उनको उपचार भइरहेको जनाएकी छन् ।
दाहाल पहिलाबाट नै पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।
