
पूर्णपुष्टि, पुष १५
मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । कटहरी गाउँपालिका–३ का २१ बर्षीय रोहित साह को तेलको ट्याङकरले ठक्कर दिंदा मृत्यु भएको हो ।
आज बिहान सवा ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२०–४२ प ९५५९ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट जाँदै गरेको ना ५ ख ८४३४ नम्बरको तेल बोक्ने ट्याङकरले पछाडीबाट ठक्कर दिंदा दुर्घटना प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक साहलाई उपचारको लागी कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
