Sunday, May 17News That Matters

अहिलेको परिवर्तनसँगै हुलाक सेवा रुपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

पूर्णपुष्टि, असोज २३ 

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भईरहेको विकाससँगै हुलक सेवाको प्रभावकारिता अभिबृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
१४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिनुहुदै उहाँले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको हो ।

नेपालको हुलाक सेवालाई समयानुकूल प्रभावकारी, प्रतिस्पर्धी, आत्मनिर्भर र व्यावसायीक बनाएर नागरिकको माग र चाहना अनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
हुलाक सेवा जनस्तरमा सञ्चार सेवा उपलब्ध गराउने संसारकै सबैभन्दा पुरानो र ऐतिहासिक सेवा भएकोले यसलाई समयअनुसार रुपान्तरण गरेर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा विसं १९३५ सालमा हुलाक घरको स्थापना भएर संस्थागत रुपमा हुलाक सेवा सुरु भएको थियो ।