Tuesday, April 21News That Matters

अहिले सम्म कोरोना नदेखिएका जिल्लाहरु

पूणर्पुष्टि, जेष्ठ, १९

नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढेको अवस्था छ । नेपलको सबै प्रदेशहरुमा संक्रमण फैलि सकेको भएपनि केहि जिल्लाहरु भने सुरक्षित अवस्थामै छ । हाल देशभर ५९ ओटा जिल्लामा कोरोना संक्रमण फैलि सकेको अवस्ता छ, भने बाँकी १८ ओटा जिल्ला भने कोरोना संक्रमण नभएको जिल्लाहरु पर्छ ।

पश्चिममाका रसुवा, गोरखा, मनाङ, मुस्ताङ, कास्की, डोल्पा, रुकुम पश्चमि, जाजरकोट, पर्वत, रोल्पा, प्युठान, मुगु र हुम्लामा कोरोना संक्रमति देखएिको अवस्था छैन, यता पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङगामा पनि अहिले सम्म कोरोना फैली नसकेको अवस्था छ ।

नेपालमा प्रत्येक दिन कोरोनाको संक्रमणले द्रुत गति लिरहेको अवस्था रहेपनि यो जिल्लाहरुमा भने अहिले सम्म संक्रमण फैलिन पाएको खबर छैन् । आज मात्रै २३९ जना नेपालको बिभिन्न जिल्लाहरुबाट संक्रमण फेला परेको अवस्था रहेपनि यी १८ जिल्लाहरु बाट भने संक्रमण फैलिएको छैन् । नेपालमा हाल सम्म १८११ संक्रमित संख्या पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।