Friday, May 22News That Matters

अाजबाट उदयपुरका तीन नगरपालिका निषेधाज्ञमा, सुरक्षाकर्मी कडाईमा उत्रियाे

पूर्णपुष्टि, साउन २९ ।   काेराेनाकाे बढ्दाे संक्रमण तथा जाेखिमका कारण उदयपुरकाे तीन नगरपालिकामा निषेधाज्ञ लागू भएकाे छ । गएराती १२ :०० बजेदेखि लागू हुने गरि भदाैं ७ गतेसम्मका लागि निषेधाज्ञ जारी भएकाे हाे । त्रियुगा, चाैदण्डी र बेलका नगरपालिकाका सम्पूर्ण क्षेत्रमा लागू हुनेगरी निषेधाज्ञ जारी भएकाे हाे ।

निषेधाज्ञ जारी भएका ती पालिकाहरुमा समुदायस्तरमै काेराेना संक्रमण फैलिएकाले राेकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञ जारी गर्नु परेकाे प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयाे ।
प्रशासनकाे निषेधाज्ञका कारण सदरमुकाम गाईघाट अाज विहानदेखि सुनसान छ । बजारमा मानिसकाे चहलपहल कमी छ भने सवारी साधन चलेका छैनन् । उता बेल्टार, रामपुरठाेक्शिला बजार पनि बन्द छन् ।
विहानैदेखि सुरक्षाकर्मी तैनाथ छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर निषेधाज्ञ कडाई गरेका छन् । निषेधाज्ञ अवज्ञा गरेमा कारवाही हुने चेतावनी प्रशासनकाे छ । सर्वसाधारणमा काेराेना सतर्कताप्रति लापरवाहि देखिएसंगै काेराेनाकाे जाेखिम बढेेकाे छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले निषेधाज्ञसम्बन्धी दुईदिन अघि सूचना जारी गरेकाे थियाे । प्रशासनकाे सूचनापछि तीनवटै नगरपालिकाले पनि निशेधाज्ञकाे पालना गर्न भन्दै सूचना गरेकाे छ । अत्यावश्यक सेवा वाहेकका सबै सेवा बन्द हुने जनाईएकाे छ । नगरवासीलाई अत्यावश्याक कामवाहेक घर बाहिर ननिस्कन र हिड्डुल नगर्न अनुराेध गरिएकाे छ ।
प्रशासनले हाल सवारी पास पनि बन्द गरेकाे छ । मराैपराै र अाैषधीउपचारवाहेकका सबै कामका लागि पास बन्द गरिएकाे प्रशासनलेजनाईकाे छ । खाद्यन्नका लागि हरेक दिन विहान ९ : ०० वजेदेखि १२ : ०० वजेसम्म खाद्यन्न पसल खाेल्न दिने भएकाे छ । खाद्यन्न किन्दा पनि सर्वसाधारणले सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, सेनिटाईजर प्रयाेय गर्नु पर्ने भनिएकाे छ साथै पसलेहरुले सामाजिक दुरी कायम गराउदै सामान बिक्री गर्नुपर्ने, सेनिटाईजर वा हातधुने साबुनपानी अनिवार्य राख्नुपर्ने भनिएकाे छ । काेराेनाप्रतिकाे सतर्कता तथा अनेशासन पालनामा कडाई गरिने प्रहरीले जनाएकाे छ । अनावश्यकरुपले हहिडडुल, भिडभाड गरेकाे तथा विनापास सवारी चलाएकाे पाईएमा तत्काल पक्राउ गरि कार्वाही चलाउने जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयाे ।
उदयपुरमा समुदाय तथा सरकारी कार्यालयमासमेत काेराेना संक्रमण देखिएकाे छ । दुईदिनअघि त्रियुगा र बेलकामा १५ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे । जसमा ६ जना मालपाेत कार्यालय उदयपुरका कर्मचारी, २ जना त्यसअघि नै काेराेना पाेजेटिभ दे,खएका मालपाेत कर्मचारीकाे परिवार सदस्य हुन् । कर्मचारीकाे श्रीमती र अामामा संक्रमण देखिएकाे हाे । भने बेलकामा समुदायका ७ जनामा देखिएकाे हाे । हालसम्म उदयपुरमा संक्रमितकाे संख्या १०४ पुगेकाे छ । समुदायस्तरमै काेराेना देखिएपछि प्रशासनले राेकथाम तथा नियन्त्रणकाे यस्ताे कदम चालेकाे हाे ।
निषेधाज्ञकावीच संक्रमितहरुकाे परिवार तथा अन्य कन्ट्राक ट्रेसिङका मानिसहरुकाे स्वाव परिक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुुख माेहन सुवेदीले बताउनुभयाे ।