
पूर्णपुष्टि, २० साउन ।
एक हप्ता देखी सुरु भएको आँखा पाक्ने रोगले विषेशगरी बालवालिकालाई आक्रमण गरेको छ । गर्मि र बर्खामासमा हुने सिजनल आखाँ पाक्ने रोग पहिलो बर्ष भन्दा यो बर्ष गुणत्मक रुपले बढी पाईएको आखाँ बिषेशज्ञ डाक्टरहरु बताउँछन् । गाईघाट आँखा उपचार केन्द्रका डाक्टर तथा अस्पताल इन्चार्ज मुरारी तिम्सिनाका अनुसार दैनिक दुईसयको हाराहारीमा आखाँ पाक्ने रोगकै बिरामी हस्पिटलमा आउने गरेको जनाए ।
त्यसमा सबैभन्दा बढी बालवालिकाहरु संक्रमित रहेको डा. तिमिल्सनाको भनाई छ । यसरी वालवालिकाहरुने संक्रमणको सिकार भैरहँदा विद्यालयमा भने पठनपाठन अवरोध भएको छ । केही विद्यालय वन्दनै गरिएको छ भने केही विद्यालयहरुलाई सुरक्षा अपनाएरर संञ्चालन गरिएको अवस्था छ । समता स्कुल गाईघाटका प्रिन्सिपल लक्ष्मी राईका अनुसार विद्यालयमा आँखा पाक्ने रोगले सताएपछि विद्यालयनै वन्द गर्नु पर्ने अवस्था आएको जनाईन् । उनले १४ गते ५ जना विद्यार्थीमा देखिएको संक्रमण भोली पल्ट एक्कासी ८५ जनामा फेला परेको जनाईन् । पछि ४ जना शिक्षकमा समेत देखिएपछि विद्यालय वन्द गर्नु पर्यो, प्रिन्सिपल राईले भनिन् । साना बालबच्चाहरु विद्यालयमा भएका कारण संक्रमण नियन्त्रण नहुने र बच्चाहरुलाई गाह्रो हुने भएसी ४ दिनको लागि विदा गरिएको राईको भनाई छ । संक्रमण बाट बचाउन केन्द्रवाट पनि विद्यालय वन्दको निर्देशन आएको राईले बताईन् ।

यस बाहेक गाईघाटमा रहेको अन्य निजि तथा सरकार विद्यालयहरु संञ्चालनमै छन् । प्याराडाईज बोर्डिङका शिक्षिका होमा भुजेलका अनुसार विद्यालयका सबै कक्षाहरुमा दैनिक १० जना विद्यार्थी आँखा पाक्ने रोगकै कारण विद्यालय उपस्थिति हुन नसकिरहेको जनाईन् । कुनैलाई क्लासमै पनि संक्रमण भैँदिदा अभिभावकलाई बोलाएर बच्चा पठाईदिने गरेको भुजेलले जनाईन् । यसले पढाईमा भने निकै क्षती पुगेको भुजेलको भनाई छ ।
यता क्यानभास एकडेमी गाईघाटका प्रिन्सिपल श्याम यक्तेन लिम्वुले संक्रमणका कारण पठनपाठनमा बाधा पुगेको जनाए । एब्सेन भएको विद्यार्थीहरुलाई निरन्तर पठनपाठनको लागि बाधा पुगेकाले विद्यालय संञ्चालनमै समस्या पुगेको लिम्वुले जनाए । लालिगुँरास बोर्डिङ गाईघाटका प्रिन्सिपल योगेन्द्र पौडेलले सुरक्षा अपनाएर पठनपाठन गरिरहेको बताए । उनले विद्यार्थीको पढाईमा अबरोध नगर्न सुरक्षाको मापदण्ड अनुसार पठनपाठन गराईरहेको जनाए । यस विद्यालयमा भने अन्य भन्दा केही सामान्य अवसस्थामा संक्रमण रहेको पौडेलेको भनाई छ । हस्पिटल इन्जार्ज तिम्सिनाले रोग निर्मुल गर्न केही दिन विद्यालय बन्द गरे सामाधान हुने जनाए । बालवच्चाहरुले समधानको उपायहरु नजान्दा नबुझ्दा र बाक्लो उपस्थितिको कारण एक अर्कामा सर्ने भएकाले अझ बढी ब्यापक भएको उनको भनाई छ । यस संक्रमणलाई चिकित्साभाषामा एडिनो ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।
All reactions:
नारायण राई and Sarmeela Raee
