
पूर्णपुष्टि, जेठ ९ । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आगामी महिनामा जिम्बावेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० टिमको सहभागी रहनेछ ।
दुई समुहमा विभाजन गरेको छनोट प्रतियोगितामा नेपाल समुह ‘ए’ मा परेको छ । नेपाल रहेको समुह ‘ए’ मा दूई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्डस् र अमेरिका रहेको छ भने समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।
नेपालको पहिलो खेल आयोजक जिम्बावेसँग १८ जुन (असार ३) मा हुनेछ भने २० जुन (असार ५) मा अमेरिकासगँ खेल्नेछ । त्यस्तै २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार ९) मा नेदरल्यान्डससँग खेल्ने खेल तालिका छ । पाँच–पाँच टोली रहेको समूहको लिग खेलबाट दुवै समुहका शिर्ष तिन–तिन टोली सुपर सिक्समा पुग्नेछ ।
त्यसपछि सुपर सिक्सका ६ टोलीबिच प्रतिष्पर्धा हुनेछ । प्रतिष्पर्धाबाट शिर्ष दुईमा पर्न सफल टीमले अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसिसि विश्वकप क्रिकेट खेल्न पाउनेछ । छनोटका लागि नेपालले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेर आजदेखि तयारी थालेको छ।
प्रतियोगिताको लागी नेपालले घरेलु मैदानमा एकसाता तयारी गरेर जेठ १७ गते अन्तिम तयारीको लागी दक्षिण अफ्रिका जाँदैछ । दक्षिण अफ्रिकामा १० दिन तयारी गरी उतैबाट नेपाल प्रतियोगिता सुरु हुनु भन्दा एक साताअघि जिम्बावे जानेछ ।
प्रारम्भिक टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा छन्।
खेल तालिका : हरेक दिन दुई खेल हुने
आईतबार १८ जुन असार ३ मा नेपाल विरुद्ध आयोजक जिम्बावे (हरारे स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल वेस्ट इन्डिज र अमेरिका बिच (ताकासिंगा क्रिकेट क्लब) मा हुनेछ ।
सोमबार जुन १९ जेठ ४ मा श्रीलंका बिरुद्ध युएई (क्वीन्स स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल आयरल्याण्ड र ओमान बिच (बुलावायो एथलेटिक क्लब) मा हुनेछ ।
मंगलबार २० जुन जेठ ५ मा जिम्बाब्वे विरुद्ध नेदरल्याण्ड्स (हरारे स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल नेपाल र अमेरिका, बिच (ताकासिंगा क्रिकेट क्लब) मा हुनेछ ।
बुधबार २१ जुन असार ६ मा आयरल्याण्ड भर्सेस स्कटल्याण्ड (क्वीन्स स्पोर्ट्स क्लब) खेल्नेछ भने दोस्रो खेल ओमान र युएई बिच (बुलावायो एथलेटिक क्लब) मा खेल्नेछ ।
बिहीबार २२ जुन असार ७ मा वेस्ट इन्डिज विरुद्ध नेपाल (हरारे स्पोर्टस क्लब) मा खेल्नेछ भने दोस्रो खेल नेदरल्याण्ड्स र अमेरिका बिच (ताकासिंगा क्रिकेट क्लब) मा हुनेछ ।
शुक्रवार, २३ जुन असार ८ मा श्रीलंका विरुद्ध ओमान (क्वीन्स स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल स्कटल्याण्ड भर्सेस युएई (बुलावायो एथलेटिक क्लब) मा हुनेछ ।
शनिबार, २४ जुन असार ९ गते जिम्बाब्वे विरुद्ध वेस्ट इन्डिज (हरारे स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल नेदरल्याण्ड्स र नेपाल बिच (ताकासिङ्गा क्रिकेट क्लब) मा हुनेछ ।
आइतबार, २५ जुन असार १० मा श्रीलंका विरुद्ध आयरल्याण्ड (क्वीन्स स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल स्कटल्याण्ड र ओमान बिच (बुलावायो एथलेटिक क्लब) मा हुनेछ ।
सोमबार, २६ जुन असार ११ मा जिम्बाब्वे विरुद्ध अमेरिका (हरारे स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल वेस्ट इन्डिज र नेदरल्याण्ड्स बिच (ताकासिंगा क्रिकेट क्लब) मा हुनेछ ।
मंगलबार, २७ जुन असार १२ मा श्रीलंका विरुद्ध स्कटल्याण्ड (क्वीन्स स्पोर्ट्स क्लब) मा खेल्नेछ भने दोस्रो खेल आयरल्याण्ड र युएई (बुलावायो एथलेटिक क्लब) मा हुनेछ ।
