
पूर्णपुष्टि, जेष्ठ १७
जाउलाखेल फुटवल क्लवका म्यानेजर अनुप श्रेष्ठलाई लागुऔषाध सहित प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले ‘आइस ड्रग’ लागुऔषाध सहित सोमबार पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार श्रेष्ठको कोठाबाट ५० ग्राम एम्फेटामाइन, जोख्ने तराजु, प्याकिङका लागि राखिएका प्लास्टिक र ५० हजार रुपैयाँ बरामद भएको छ ।
श्रेष्ठ ‘पार्टी ड्रग’ मानिने महँगो एम्फेटामाइन ९आइस० लागूऔषधसहित पक्राउ परेका छन् । श्रेष्ठ सहित प्रहरी परिसर, ललितपुरको टोलीले अन्य तीनजनालाई पनि पक्राउ गरेको हो ।
‘कोठामा रहेका अम्रिता खड्का र परदु गुरुङलाई पनि पक्राउ गरिएको छ’ । उनिहरुलाई ‘सोमबार जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
