Sunday, April 26News That Matters

आईतबारदेखि त्रियुगा नगर क्षेत्रका बैँकहरु दैनिक १० वटा खुल्ने

पूर्णपुष्टि, जेठ २१ गते । 

त्रियुगा नगरपाकिला क्षेत्रमा रहेका २० वटा बैँक तथा वित्तिय सस्थाहरुको शाखा आईतबारदेखि दैनिक कम्तिमा १० वटा संचालन हुने भएको छ । त्रियुगा नगरपालिकाले आज सुचना सार्वजनिक गर्दै आगामी जेठ २५ गते अर्थात आईतबारदेखि दैनिक कम्तिमा १० वटा बैँक तथा वित्तिय संस्था संचालन हुने जनाएको हो ।

शनिबार बाहेका सवै बार कम्तिमा १० वटा बैँक खुल्ने गरी सुचना सार्वजनिक गरिएको छ । जनताका सेवाको हितलाई ध्यानमा राखी त्रियुगा नगर क्षेत्रमा रहेका बैँक तथा वित्तिय क्षेत्रहरुसँगको समन्वयमा नगरपालिकाले समय तालिका तोकेर आज सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको तालिका अनुसार राष्ट्रिय बाणिज्य बैँक, ग्लोवल आईएमई बैँक, नेपाल क्रेडिट एण्ड कमर्श बैँक, सनराईज बैँक (शाखा गाईघाट), नेपाल ईन्भेष्टमेन्ट बैँक, माछापुच्छ्रे बैँक, एनएमवी बैँक, नेपाल बैँक, प्रभु बैँक, ज्योती विकास वैँक आईतबार, मंगलबार र विहिबार संचालन हुने छ ।

त्यस्तै एनआईसी एसिया, कृषी विकास बैँक, सिटिजन्स बैँक, सिभिल बैँक, सनराईज बैँक (जलजले), सानीमा बैँक, लक्ष्मी बैँक, सिद्धार्थ बैँक, नविल बैँक, कामना सेवा विकास बैँक सोमबार, बुधबार र शुक्रबार संचालन हुने  जनाईएको छ ।

तल हेर्नुस् बैँकहरुको समय तालिका :