
पूर्णपुष्टि, जेठ २१ गते ।
गायक प्रेम सेन्चुरीको ‘परदेशले मलाई रुवायो’ बोलको गित सार्वजनिक भएको छ । बाध्यताले विदेशीएका नेपाली दाजुभाई दिदी वहिनीको यथार्थ दुःख पिडालाई गायक सेन्चुरीले आफ्नो गित मार्फत प्रस्तुत गरेको छ ।
यस गितको एरेन्जर बिमल बुढाथोकि गर्नु भएको छ । ठूलो समपना बोकेर विदेश पुगेको नेपालीको यथार्थ कथालाई समेटेको तयार पारीएको गायक सेन्चुरीको गित भर्खरै सार्वजनिक भएको छ ।
अहिले अरिकाको न्युयोर्कमा बस्दै आएका गायक सेन्ुचरी करिब दुई दशकदेखि सांगीतिक यात्रामा छन् । गायक सेन्चुरीले गीति एल्बम र फुटकर दर्जनौं गीत बजारमा ल्याईसकेका छन् ।
परदेशमा दैनिकी कामबाट केहि समय निकालेर संगीत क्षेत्रमा रमाउने गायक सेन्चुरीले अरु नयाँ गीतहरुको तयारी भईरहेको जनाएको छ । उनी अमेरीकामा हुने नेपाली सांगितीक कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती दिने गरेको छ । आफ्नो संगीत कर्मलाई जुनसुकै अवस्थामा पनि निरन्तरता दिने गायक सेन्चुरीले बताएका छन् ।
