Tuesday, April 21News That Matters

आईपीएलमा बेङ्ग्लोरको जित

बैशाख २

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गतराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर जित हात पारेको छ  ।

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित हात पारेकोे हो ।

बेङ्ग्लोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ ।