Tuesday, April 21News That Matters

नयाँ वर्षमा राैतामा राज्यमन्त्री ओझा

पूर्णपुष्टि, वैशाख १ ।

उदयपुरको रौतामाई गाउँपालिका ६ रौतापोखरी स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र रौतापोखरीमा १ नं. प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले लामो समय दिदै अवलोकन गर्नुका साथै स्थानीय जनताहरुसंग साक्षत्कार गर्नुभयो ।

झण्डै ७ घण्टा त्यस क्षेत्रका जनतासँग व्यतित गर्नुभएको उहाँले धार्मिक तथा पर्यटकिय क्षेत्रको पदमार्ग उद्घाटन र पदमार्गमा प्रतिष्ठान गरिएका मुर्तिहरुको अनावरण गर्नु भयो ।  उहाँले पदमार्गको उद्घाटन र त्यहाँ निर्मित मुर्तिहरु अनवरण गर्दै यसले रौता क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वलाई थप बढाउने बताउनुभयो ।

मेहनत र कलात्मक ढंगले बनाइएका मुर्तिहरु अनावरण गर्दै सेल्फि फोटो समेत खिच्नुभयो । राज्यमन्त्री आफैले सेल्फि खिचेपछि अधिकांसले सेल्फि खिचे, धेरै जसोले उहाँलाई साथमै राखेर सेल्फी खिचे ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले भईरहेका कार्य र हुन बाँकी कार्यका बारेमा मन्त्रीलाई सुनाउनुभयो । खड्काले राखेका माग मध्ये पहिलो यहाँसम्म आउने सडक कालोपत्रे तत्कालको समस्या रहेको बताउनुभयो ।

झण्डै दश किलोमिटर सडक कालोपत्रे गर्न सके यहाँको पर्यटकिय क्षेत्रको विकास मात्र नभई यहाँका जनताको जीवनस्तरमा सहज हुने, पालिकाको आम्दानीको स्रोत बढ्ने, व्यापार,व्यवसाय, औधोगिकिकरणमा सहज पुग्ने बताउनुभयो ।

अध्यक्ष खड्काले पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न पालिकाको वजेट मात्र सम्भव नभएकाले केन्द्र र प्रदेश सरकारबाट विशेष सम्बोधन हुने गरी वजेट विनियोजन गर्नु पर्ने बताउनुभयो । उहाँले सडक, विजुलीवत्ति, पानी, घेराबेरा, पुर्वाधार, इन्टरनेट जस्ता समस्या रहेकाले सम्बोधन गरिदिन आग्रह गर्नुभयो ।