Tuesday, June 9News That Matters

जनगनणामा भाषाको प्रश्न र भाषा राजनितिक विषयक अन्तरक्रिया

पूणर्पुष्टि, कार्तिक १५

आउँदै गरेको १२ औँ राष्ट्रिय जनगणनामा भाषाको प्रश्न र भाषा राजनितिक विषयक सम्बन्धि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति उदयपुरले अन्तरक्रिया तथा छलफल चलाएको छ ।

शनिवार गाईघाटमा आठ ओटै पालिकाहरुको उपस्थितिमा छलफल भएको हो । छलफलको विषयलाई वक्ता उप प्रा. डा. तारामणी राईले सहजिकरण गर्नुभएको छ ।गएको जनगणाहरुमा आदिवासी जनजातिहरुलाई मार पर्ने किसिमको तथ्याङक संकलन भएको भन्दै यस बाट अब हामि सचेत रहनु पर्ने कुरा छलफलमा उठेको छ ।

राईले आउँदो जनगणनाको लागि बिभिन्न शिर्षकमा छलफल गरी सहि तथ्याङ दिन सकिने बताउनुभयो ।

उहाँले भाषा विषयक उठान, भाषामा राजनितिक, आउँदो जनगणनामा भाषको प्रश्न, चुनौती र निचोड गरी ५ शिर्षकमा प्रष्ट पार्नु भएको छ ।

छलफले आदिवासी जनजातिहरुको सहि तथ्याङक लिनु पर्ने र आफुहरुले पनि सहि तथ्याङक दिएर जनगणनामा सबैलाई उत्तिकै पहुच पुग्ने गरी निति लागु गर्न सहज गराउनु पर्नेमा  जोड गरेको छ । गएको जनगणनाले पनि आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी असर पारेको भन्दै आउने जनगणनामा भने सबै सचेत हुनु पर्ने भन्दै छलफल राखिएको नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति उदयपुरका अध्यक्ष गैरीसंकर उदासले बताउनुभयो ।

सहि तथ्याँङ्क संकलन हुन नसक्दा आदिवासी जनजातिहरुको लागि सबै क्षेत्रमा पहँच पग्ने गरी निति नबन्ने छलफलमा कुरा उठेको छ ।

गलत तथ्याङकले आदिवासी जनजातिहरुको संख्या घट्न मदत पुग्ने र संख्याको आधारमा सेवा सुविधा र निति बनाउँदा आफुहरु मारमा पर्ने भन्दै महासंघ र यसको प्रतिनिधिले यस सम्बन्धि आआफ्नो स्थान बाट भुमिका खेल्नु पर्ने महासंघले जनाएको छ ।

यो आउँदो जनगणनामा भने आफ्नो थर अनिवार्य लेख्नु पर्ने कुराहरु सबैले बुझ्नु पर्ने पनि छलफलमा उठेको छ । मानौ राईले आफ्नो थर लेख्दा चाम्लिीङ मात्रै लेख्यो भने मुल्याङकनको बेला चाम्लीङ बुझेर राई नबुझी अन्यमा राख्यो भने आफ्नो संख्यालाई घाटा लाग्ने भन्दै थर अनिवार्य लेख्नु पर्ने छलफल भएको छ । राईले राई मगरले मगरले मगर नेवारले नेवार लेख्नु पर्ने कुरा छलफलमा उठेकोे छ ।