Saturday, May 16News That Matters

छोरी ईश्वरको बरदान (कविता)

चन्द्रा घिमिरे,   लिम्चुुङबुुङ ३

छोरा जन्मदा हर्षले गदगद भई हर्षोल्लाश मनाउछन्
आखिर छोरामा के त्यस्तोे गुण छ र,
बिर्सनै नसकिने
अनि, छोरीमा के त्यस्तो अबगुण छ र ?
जन्मिन नपाउँदै रुनु पर्ने
अरुले जेसुकै सम्झिनुस्
तर, म भने छोरीलाई
घर कि लक्ष्मी अनि ईश्वरको बरदान सम्झिन्छु
जुन घरमा पहिलो सन्तान छोरी जन्मिन्छ
त्यो घर साँच्चिकै स्वर्ग समान हुुन्छ
भन्छन् नि  बुुझ्नेले पहिलो सन्तान दिने आमाको कोख उज्यालो हुुन्छ
तर, मलाइ त  लाग्छ
आमाको कोख उज्यालो मात्र नभएर
औँशीको कालो रात पनि पुुरै उज्यालो देखिनेछ
छोरी जन्म देखि नै आफ्नो कर्ममा लागेकी हुुन्छिन्
आफ्नो आमा बाबाले भनेको कुुरा कहिले काट्दिनन्
सधैँ सहिर सत्य बाटोमा हिड्छिन्
आफ्नो घर सुन्दर बनाउने छोरी
परिवार खुुसि र सुुखि राखेर अगाडि बढ्ने छोरी
बिहानै उठेर घरको सारा काम गरी
चिया नास्ता बोकेर भाइ अनि बाबाको ढोका ढकढकाउन पुुग्छिन् छोरी
त्यति मात्र कहाँ हो र ?
अनि हजारौँ पिडा लुुकाएर हाँसेकी हुुन्छिन्
तर यो समाजले किन बुुझ्दैनन्
छोरी बिनाको सँसार
अधुुरो छ भनेर,
तपाईँहरु आफै सोच्नुुस् त,
छोरी भएको घर र नभएको घर  कति फरक हुुन्छ
तपाईँहरुले के त्यस्तो अमुुल्य चिज सम्झनुु भएको छ
छोरा जन्मिदा दुुनियाँ भोज भतेर हर्ष उल्लास मनाएर
लाखौँ खर्च गर्न तयार पर्छन् मान्छे
तर, त्यहिकोखबाट  छोरीको जन्म भयो भने
लाखौँ खर्च को त के कुुरा
चार गाँस भातले त्यो पापी पेट भर्न पनि
दुुई आँखाबाट आँशु झार्नु पर्छ
किन सोच्दैनन् यो समाजले
जुुन छोराको जन्म हुुन्छ
त्यो पनि महिलाकै कोखबाट जन्म हुुन्छ भनेर
आखिर, किन बिर्सन्छन् पुुरुषले
हाम्रो सुुखि पनि  महिला नै हो भनेर
अनि किन दिन्छन् यति धेरै पिडा
महिलालाई सम्झदा पनि अजिब लाग्छ,
आखिर पुुरुष आकाशबाट
गडेउला झैँ बर्सेका त होइनन् क्यारे,
तर, घमण्ड कहाँसम्मको
यति मात्र कहाँ हो र ?
अझ गर्भ मै छोरीको भ्रुुण हत्या गरिन्छ
अनि तिनै बाबुु भनाउँदाले छोरोको लागि बुुहारीको खोजिमा हिडछन्
आखिर, खोजेको बुहारी पनि कसैको छोरी नै हैन र ?
तै पनि असल स्वभाव की,
डिग्री पास गरेकी बुहारी चाहिने रे…
थुक्क किरा परेको बुुद्धि
किन सोच्दैन उसले आफ्नी छोरीको भ्रुुण हत्या गरेको
अनि, अरुले पनि मैले जस्तै
सबै छोरीको भ्रुण हत्या गर्छन् होला भनेर
आखिर छोरा र छोरीमा किन हुुन्छ यस्तो भेदभाब
सबैलाइ थाहा छ कि
यी दुुबै  बिना सृष्टि असम्भब छ
त्यसैले,
सबैले छोराछोरीलाई उच्च शिक्षा दिन जरुरी छ
किनकी,
तपाई की लक्ष्मी समान की छोरी
कसै की बुुहारी बन्नेछिन्
अनि, कसैकी छोरी तपाइकी बुुहारी बन्नेछिन्
सायद समाजमा छोराले पनि
यस्तै सँस्कार जान्दा सँसार कति स्वर्ग हुने थियो होला

आँशुुका धारा बगाउदै बृद्ध बावु आमालाई खोज्नै पर्दैन थियो होला
रात दिन गाँजा तानेर रक्सीको कुलतमा लागेर
आमा बाबालाइ कुुटनेमात्र होइन
काटेर जेलजाने छोराहरु हाम्रै आँखा अगाडि प्रसस्त छन्
तै पनि छोराको किन यति धैरै महत्व
अनि माइति घरमा आधा जीबन बिताइ
फेरी पराइको घर सुुधार्न  पुुिग्छन्
ती छोरी उनको किन यस्तो अपमान
जबसम्म मानिसले छोरा र छोरी बिचको बिभेद बदल्न सक्दैन
तबसम्म हाम्रो समाजले खुुशी परिवार
र, बिकसित देशको परिकल्पना पनि गर्न सक्दैन,
यो समाजले कहिले सोचेको छ ?
किन एउटी महिला अकालमा ज्यान फाल्न तयार हुन्छिन्
आफ्नो घरपरिवार त्यागेर
एक्लै बस्न तयार छिन्
आफ्नो समाजबाट टाढिएर बस्न तयार छिन्
तपाइहरुले कहिले यसको कारण खोजि गर्नुुभएको छ ?
किन आत्मा हत्या गर्छन् भनेर
कतै दाइजोको कारणले
उनको जीबन अन्त्य हुुन्छ भने
कतै परपुुरुषसँग  बोलेकै कारण
उनको चरित्र हत्या गरिन्छ
तर त्यही चरित्र हत्या गर्न खोज्ने पुुरुषलाई दोष हुदैन
जसको कारण हजारौ महिलाहरु
म्ृात्युुको मुुखमा पुुग्न बाध्य छन्
के यहि हो हाम्रो मानबता ?
जो हेर्दा मानिसको रुपमा देखिएपनि
व्यवहार भने दानबको गरिरहेको हुुन्छ
अरु केहि छ कि भन्दै हिडेको
चोकको भट्टि पसलमा गएर घर परिवार बेमतलब गर्छन्
घरको आवश्यकता भुलेका हुन्छन्
यसरी नै महिलाहरुले सुख भन्ने
कहिल्यै पनि अनुभूती गर्न नपाइरहेको अवस्था छ
त्यसैले,
धर्तीमा जन्मिसके पछि
तपाई महिलाको  इज्जत गर्न सिक्नुहोस्
असल व्यक्ति बन्नुुस्
आफ्नो शिर ठाडो पारेर
देश हाक्न सिक्नुस्
सन्तानको प्रत्येक मुुटुुको धडकनमा
प्रिवारको जिम्मेवारी सम्हाल्नुस्
तपाइको मृत्यूू पछि देशले
एउटा असल सपुुत छोरो गुुुमेको महसुुस गरोस्

(स्वास्थ्य चौकी बाराहा, अ. न. मी.)