
पूर्णपुष्टि,माघ २१
आगलागीमा पाँच घर जलेर नष्ट हुँदा ५६ लाख भन्दा बढीको क्षति भएको छ । ताप्लेजुङको सिनाममा मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको हो ।
सरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा घरमा आगो सल्किएको हो । आगलागीबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् र सहयोगको आसमा रहेका छन् ।
