
पूर्णपुष्टि,माघ २१
आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनकोे मुल्या आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलमा ९२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।
