Wednesday, July 1News That Matters

तास खेलिरहेको अवस्थामा राजधानीबाट १२ युवा पक्राउ

पूर्णपुष्टि,माघ २१

राजधानीमा तास खेलिरहेको अवस्थामा १२ युवालाई प्रहरीले पक्राउ गरेको छ । सिनामंगलको एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई गएराती प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।