Tuesday, May 5News That Matters

आगलागीबाट १६ लाख बराबरको क्षती

मोरङ, साउन २२ गते ।

मोरङको बेलबारीमा आगलागी हुदा तीन घर जले नष्ट भएको छ । बेलबारी नगरपालिका – ११ मा तीन घर जलेर नष्ट हुदा करिब १६ लाख को क्षती भएको हो ।

गतराती सवा ८ बजे स्थानिय सुजन राईको घरमा विजुुली सर्ट भई एक्कासी आगलागी हुदा छिमेकी कुमार विक र दिलकुमारी लिम्बुको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । टिनको टानो भएको उक तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगोमा परि लिम्बुको ४ वटा बाख्रा जलेर मरेको थियो । प्रहरी र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।