
उदयपुर, श्रावण २२ गते ।
उदयपुरको चौदण्डीगढीमा नक्कली नोट सहित एक बालक पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–५ बाट नक्कली एक हजारका दरको नेपाली नोट सहित १५ बर्षीय बालक पक्राउ परेको हो ।
स्थानिय किराना पसलमा बालकले सामान किने र दिएको १ हजारको नेपाली नोट शंका लागेपछि चेक गर्दा नक्कली जस्तो देखिएपछि पसल संचालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले बालकको साथबाट एक हजारका ४१ थान नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।
नक्कली नोट सहित पक्राउ परेका बालकलाई ईलाका प्रहरी कार्यालय बेलटार ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
